कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तुकाे १० औं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा बाबुराम खनाल बिजयी हुनु भएकाे छ । अधिवेशनमा बुधवार एमाले अध्यक्ष केपि शर्मा ओलीले समुदघाटन गर्नु भएकाे थियाे ।

उद्घाटन सत्रमा बाेल्दै अध्यक्ष ओली सकभर सर्व सम्मत भएन भने आफ्नाे ईच्छाईएकाे उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नु भएकाे थियाे । बिहिवार सर्वसम्मतीकाे प्रयास विफल भए पछि शुक्रवार मतदान गर्ने कार्यतालिका पेस भएकाे थियाे ।

शुक्रवार सम्पन्न निर्वाचनमा खनालले निवर्तमान अध्यक्ष डम्मर शर्मालाई २५ मतले पराजित गर्नुभयाे । खनालले २७८ मत प्राप्त गर्दा निवर्तमान अध्यक्ष शर्माले २५३ मत प्राप्त गर्नु भयाे ।
यसैगरी उपाध्यक्षमा शंकर पाण्डे १०८ मतान्तरले विजयी हुनु भयाे । शंकरले ३०२ मत प्राप्त गर्दा प्रत्यासी भेषराज पाण्डेले २१० मत प्राप्त गर्नु भयाे ।

सचिवमा सिवि गहतराजले ३०४ ल्याउदा विश्व कार्कीले २१२ मत प्राप्त गर्नु भयाे । गहतराज ९२ मत अन्तरले विजयी हुनुभयाे । उप-सचिवकाे खुला तर्फ देवि बहादुर पाेख्रेलले १४७ मत र महिला तर्फ शुसिला दर्लामीले ३३२ मत ल्याई बिजयी हुनु भएकाे निर्वाचन अधिकृत हुमनाथ पाण्डेले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय