काठमाडौं । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पराजित गरेको छ ।
ब्राजिलको घरेलु मैदान माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस ओटामेन्डीले ६३औं मिनेटमा एक मात्र गोल गर्न सफ्ल भएका हुन् ।

पहिलो हाफ बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो हाफको ६३औं मिनेटमा निकोलस ओटामेन्डीले गरेको गोलबाट अग्रता लिएको थियो ।

खेलको ८०औं मिनेटमा ब्राजिलियन खेलाडी जोइलिनटनले रातो कार्ड खाएपछि दश खेलाडीमा सीमित ब्राजिलले कुनै गोल गर्न सकेन ।

त्यसैगरी आजै भएको अर्को खेलमा कोलम्बिया, इक्वेडर र उरुग्वेले जीत हात पारेका छन् । पेरु र भेनेजुएलाबीच भएको खेल भने एक-एक गोलको बराबरीमा रोकिएको छ ।

खेलमा जितपछि उरुग्वे ६ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलबाट १२ अंक जोडेको कोल्मबिया तेस्रो स्थानमा छ भने, इक्वेडरको ८ अंक जोडेर पाँचौ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय