गोपाल प्रसाद भट्टराई
अर्घाखाँची । अर्घाखाँचीको धारापानीका अग्नी पीडितलाई अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले आर्थिक सहयोग प्रदान गरेको छ । गत बैशाख ८ गते जंगलमा लागेको डढेलो बस्तीमा पस्दा भूमिकास्थान नगरपालिका-३ र ४ मा १५ घर र १५ वटा गोठ जलेर नष्ट भएपछि घरबास गुमाएकाहरुलाई अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले सहयोग रकम हस्तान्तरण गरेको हो ।
सिंगो बस्ती नै सखाप पार्नेगरि लागेको आगोले करोडौंको क्षति पुग्नुको साथै दर्जनौं पशुचौपाया समेत जलेर खरानी भएका छन् । बिपत्तिसंग सामना गर्न सबैको हातेमालो हुनुपर्छ भन्ने सोंचले अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको आयोजनामा आर्थिक संकलन गरिएको र सोही रकम राहत स्वरुप बितरण गरिएको मञ्चका अध्यक्ष रुद्र पौडेलले जानकारी दिनुभएको छ ।
रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहनुभएका नेपालीहरुले आफ्नो गास कटाएर संकलन गरि पठाएको ४ लाख २ हजार रुपैयाँ अग्निपिडितलाई हस्तान्तरण गरिएको स्थानीय यज्ञ प्रसाद भुसालको भनाई छ ।
भूमिकास्थान नगरप्रमुख झविलाल थापा, भूमिकास्थान नगरपालिका-३ का वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडे, भूमिकास्थान नगरपालिकाका कृषि शाखा प्रमुख राम बहादुर थापा, भूमिकास्थान नगरपालिका- ३ का वडा सदस्य डाँसिराम भुसाल लगायत स्थानीय सरोकारवालाको रोहबरमा रकम हस्तान्तरण गरिएको हो ।
कृष्णा ओली, रामु भुसाल, राजु भुसाल र बसन्ता मल्लले समान ३५/३५ हजार पाउनुभएको छ । मनिराम भुसाल, देवी
थापा (आले) र वडास्तरिय राहत कोषमा समान ३०/३० हजार प्रदान गरिएको दक्षिण कोरियाबाट सन्तोष भुसालले जानकारी दिनुभएको छ ।
त्यस्तै आगलागी पिडित बिष्णु जिएमलाई २५ हजार, रिखिराम भुसाल र रेसम परियारलाई समान २०/२० हजार, तिलक भुसाल र गंगा बहादुर वि.क.लाई समान १५/१५ हजार, पदम भुसाल, खिम प्रसाद भुसाल, गंगा बहादुर भुसाल, नरिश्वर भुसाल र खुम प्रसाद भुसाललाई १०/१० हजार प्रदान गरिएको छ ।
दुर्गा बहादुर वि.क., गंगा भुसाल र शोभाखर बन्जाडेले समान ७/७ हजार रुपैयाँ र भुपलाल भुसाललाई ६ हजार रुपैयाँ राहत
रकम हस्तान्तरण गरिएको छ ।
आगलागीले बास गुमेपछि छिमेकी र आफन्तजनको शरणमा बस्दै आएका आगलागीपिडितको घाउमा मल्हम बनेर पुग्ने भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले बताउनुभयो । पिडित परिवारले सन्स्थालाई धन्यावाद दिएका छन् ।