बुटवल । रुपन्देहीको बुटवलमा बिरामी बोकेको एम्बुलेन्सले मर्निङ वाकमा निस्किएका तीन जनालाई ठक्कर दिएको छ । एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

अर्घाखाँचीबाट बिरामी लिएर बुटवलतर्फ जादै गरेको लू १ ज ५३१ नम्बरको जिल्ला अस्पताल अर्घाखाँचीको एम्बुलेन्सले बुटवल उपमहानगरपालिका वडा नम्बर १३ झोलुंगेपुलनजिकै मर्निङ वाकमा निस्किएका ३ जनालाई ठक्कर दिएको ठक्कर दिएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्सको ठक्करबाट बुटवल उपमहानगरपालिका वडा नम्बर ११ बस्ने कमला नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । एम्बुलेन्सको ठक्करबाट स्थानीय ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठडराई घाइते भएको बताउनुभयो ।

“जेब्रा क्रसिङ नेर बाटो क्रस गर्दा ठोक्किएरको जस्तो दुर्घटनाको प्रकृति हेर्दा देखिन्छ,” उहाँले भन्नुभयो, “बाकि घटनाको अनुसन्धान भइरहेको छ ।”

आइतबार बिहान साढे ५ बजेको भएको दुर्घटनामा घाइतेहरूको स्थानीयले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल लगेका थिए । । दुर्घटनाका घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न एम्बुलेन्स र चालक अर्घाखाँचीको पाणिनी गाउपालिका-७ का नारायण बहादुर मगर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय