प्यूठान । जिल्लाका करीव दुई हजार विद्यार्थीलाई झोला र स्टेशनरी वितरण गरिएको छ । प्यूठान नगरपालिका, मल्लरानी गाउँपालिका र ऐरावती गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला र स्टेशनरी वितरण गरिएको हो ।
स्वयंसेवा नेपाल र हाम्रो माया नेपाल नामक संस्थाले २४ वटा सामुदायिक विद्यालयमा उक्त सहयोग सामाग्री प्रदान गरेको हो । बासुरीबाधक डम्बर खड्काथोकीको विशेष पहलमा उक्त सामाग्री वितरण गरिएको हो ।

प्यूठानमा जन्मनुभएका खड्काथोकीले जिल्लामा सामाजिक सेवा गर्ने उदेश्यले सहयोगी संस्थालाई आग्रह गरेर सहयोग वितरण गरिएको बताउनुभयो । झण्डै एक हप्ता अवधिमा विद्यालयमा पुगेर सामाग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो । लक्षित वर्ग र विपन्न परिवारका बालबालिकालाई सामाग्री वितरण गरिएको समेत उहाँले बताउनुभयो ।



S.K. Creative Media Group