चितवन । मुग्लिङ–नारायणगढ सडक खण्डको तुइन खोला नजिक नाला खन्ने क्रममा माथिबाट खसेको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । आइतबार बिहान इच्छाकामना गाउँपालिका–५, स्थित तीन नम्बर पुल नजिक नाला खन्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

मृतक मजदुरको परिचय अहिलेसम्म पहिचान नखुलेको चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । सडक डिभिजन भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहका अनुसार ढुङ्गाले निर्माण कम्पनीको मेसिनमा समेत क्षति पुगेको बताउनुभयो ।

हाल उक्त सडकखण्डमा एकतर्फी सवारी सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । घटनाको बारेमा बुझ्न नारायणगढ-मुग्लिन सडक आयोजनाका अधिकारीहरू घटनास्थलमा गइरहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय