
माधव खनाल
अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका- १ निवासी केशव खनालले आगलागीबाट घरबार बिहिन भएका भुमिकास्थान नगरपालिका वडा नम्बर १ र ३ ढाकावाङ धारापानीका अग्नि पिडितलाई राहत स्वरुप १३ थान ग्याँस चुलो बितरण गर्नुभएको छ ।
आफ्नो १४ वर्षीय छोरा सुबम खनालले क्रिकेट खेल खेलेर जितेको पुरस्कर रकमबाट ढाकावाङ धारापानीका अग्नि पीडित घरपरिवार मध्ये अति बिपन्न १३ घरपरिवारलाई ग्याँस चुलो बितरण गर्नुभएको हो ।
राहत बितरण कार्यक्रममा बोल्दै खनालले बिपत्तिको कारण आफू दुखित भएको र दुखेको घाउमा मलम पुगोस भन्ने उदेश्यले आफुले आफ्नो छोराले क्रिकेट खेलबाट प्राप्त गरेको पुरस्कार स्वरुपको नगदबाट राहत सामाग्री बितरण गरेको बताउनुभयो ।
राहत बितरण कार्यक्रममा भुमिकास्थान नगरपालिका- १ का अध्यक्ष गोपालप्रसाद खनाल र वडा नम्बर ३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडेले सुबम खनालको उज्वल भविस्यको कामना गर्दै उहाँको परिबार लाई धन्यवाद दिनुभएको थियो । खनाल परिवार हाल दाङको लमहीमा ब्यापार ब्यबसाय गर्दै आएका छन ।