प्यूठान । प्यूठान नगरपालिका वडा नम्बर ७ का ३ घरपरिवारलाई राहत प्रदान गरिएको छ । वडा कर्यालयमा नेपाल प्रहरी श्रीमती सघं लुम्बिनी प्रदेशको सहकार्यमा महिला सहयोग मन्च प्युठानको आयोजना, टेवा संस्था ललितपुरको आर्थिक सहयोग, प्यूठान नगरपालिकाको समन्वयमा राहत सामग्री प्रदान गरिएको हो ।
आगलागीबाट पिडित ३ घरधुरीहरुमध्ये प्रत्येक घरधुरिलाई (त्रिपाल १ थान, चामल ५० के.जी. दाल ३ के.जी. तेल ४ लि. नुन ५ के.जी. चिउरा ५ के.जी. सिरक डसना १ सेट, झुल १ थान) लगाएतका खाद्यान्न र राहत सामाग्री तथा ५ जना बालबालिकालाई शैक्षिक सामाग्री प्रति विद्यार्थी ( स्कुल ब्याग १ थान, नोटकपी १ दर्जन, कमल १ पकेट, जुमेट्री बक्स १ थान) वितरण गरीएको छ । डोर बहादुर वैजाली, फुर्से नेपाली, निरा रावत क्षेत्री लगायत आगलागीबाट पिडित घरपरिवारलाई राहत सामाग्री सामान वितरण गरिएको छ ।
महिला सहयोग मन्च प्युठानकी अध्यक्ष पार्वता आर्चायको अध्यक्षता, प्यूठान नगरपालिकाका उप-प्रमुख देबेन्द्र वर्माको प्रमुख आतिथ्यता, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापा, प्युठान नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नेत्र बहादुर के.सी., नेपाल प्रहरी श्रीमती सघंकी सदस्य आशा श्रेष्ठ, सदस्य विन्दु दशौदीको आतिथ्यतामा राहत बितरण गरिएको थियो ।