चितवन । नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा काठमाडौंबाट प्युठान आउदै गरेको बस सहित ४ वटा सवारीसाधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ नारायणगढ मुग्लिङ सडक खण्डको स्थित १७ किलोमा सोमबार राति करिब १२:३० बजेको समयमा ३ वटा बस र १ वटा ट्रक एक आपसमा ठोक्किएको हो ।
सोमबार राती काठमाण्डौबाट प्युठान तर्फ आउदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढ देखि मुग्लिन तर्फ जादै गरेको ना ३ ख ७९१५ नम्बरको डिब्बाबाला ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
त्यस्तै काठमाण्डौबाट महोत्तरी बर्दिवास तर्फ आउदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र बिरगंञ्जबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ८९६८ नम्बरको बसएकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना हुँदा चालक सहित २३ जना घाईते भएको घाइते भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनामा २३ जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा हाल नाम थर वतन नखुलेको १८ जनाको उपचार भई रहेको प्रहरीले जनाएको छ। त्यस्तै ४ जना घाइतेको नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भईरहेको छ।
घाइतेहरुको हाल सम्म नाम थर वतन नखुलेकोप्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाईतेहरु मध्य हाल नाम थर वतन नखुलेको अन्दाजी १६।१७ वर्षीय पुरुषको करिब राती २ बजेको समयमा उपचारको क्रममा नयाँ मेडीकल कलेज भरतपुरमा मृत्यु भएको जनाइएको छ । उद्धार गरिएकाहरु मध्ये १ जनाको मृत्यु भएको र मृतक र घाइतेको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको भएपछि अवरुद्ध मुग्लिन नारायणढ सडक जेसिभिको प्रयोग गरी दुर्घटनामा परेका सवारी साधनलाई हटाइ अहिले राजमार्ग एकतर्फी सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मुग्लिन प्रहरीको टोली दुर्घटना स्थल पुगेका थिए ।