काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन विशेष समिति गठन भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सात सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा एमालेबाट थापासहित सरिता भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल र रास्वपाबाट शिशिर खनाल सदस्य हुनुहुन्छ। यसैगरी, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे तथा राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य हुनुहुन्छ ।