चितवन। चितवनको भरतपुरमा बोराभित्र बाँधेको अबस्थामा दुईवटा शव फेला परेका छन्। भरतपुर महानगरपालिका-१२ मिलनचोकको राजमार्ग नजिकै सडकको कल्भर्टमुनि दुईवटा बोरामा पोको पारेको अवस्थामा महिला र पुरुषको दुईवटा शव फेला परेको हो।

 

कल्भर्टमुनि बोरा भित्र पोको पारेको अवस्थामा रहेका शव अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिनुभएको छ । उहाँका अनुसार दुबै जनाको हात-खुट्टा बाँधिएको र मुखमा टेप समेत लगाइएको बताउनुभयो ।

 

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान शुरु गरिएको जनाएको छ । प्रहरीअनुसार मृतकको सनाखत हुन भने सकेको छैन। पोष्टमर्टमको लागि दुबै शव भरतपुर अस्पतालमा लगिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय