
माधव खनाल
अर्घाखाँची । क्षमता भन्दा बढी चुन ढुङ्गा बोकेका टिप्परहरु ‘ओवर स्पिड’मा कुदाउने गरेको गुनासो बढेपछि अर्घाखाँची प्रशासनले अनुगमन गरेको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्नर ७ का जनताले चर्को बिरोध जनाउन थालेपछि प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बानियाँ निर्माण सेवा प्रालिले उत्खनन गरेको चुनढुङा खानीमा अनुगमन गरी सम्झौता कार्यान्वयन गर्न आग्रह गर्नुभएको हो ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ७ मा रहेको तिनपाने लेक उत्खनन भुगर्भ सिमेन्टले उत्खनन गरिरहेको छ । उक्त चुनढुङ्गा खानीमा प्रजिअ खत्रीले अनुगमन पछि खानी संचालक तथा आफू मातहतका प्रहरीहरुलाई सरकारसँग गरिएको सम्झौता कार्यन्यनको लागि अनुरोध गर्दै कानुन बिपरित भएमा कार्वाही गर्न निर्देशन दिनुभएको छ।
सम्झौता अनुसार खानीबाट प्रति गाडी १० टन मात्र बोक्ने सम्झौतामा उल्लेख गरिएको छ । उक्त सम्झौतालाई मिच्दै २०/२२ टन सम्म बोकेको जनताको गुनासो छ । अब १० टन भन्दा धेरै बोके कारबाही गर्न प्रमुख जिल्ला अधिकारी खत्रीले निर्देशन दिनुभएको छ ।