काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा मंसिर ७ गते बिहिवार स्थानीय बिदा दिने भएको छ । नगर कार्यपालिकाको बैठकको निर्णयानुसार मंसिर ७ गते एक दिन हरिबोधनी एकादशीको दिन स्थानीय बिदा दिने निर्णय भएको हो।

नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालय,शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरूमा मङ्सिर ७ गते सार्वजनिक बिदा दिइएको नगरपालिकाले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।

भोलि हरिबोधनी एकादशी रहेको हुँनाले बुढानीलकण्ठ नगरपालिका,वडा कार्यालय समेत बन्द रहने बुढानीलकण्ठ नगरपालिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय