सन्धिखर्क । नेकपा (एमाले) अर्घाखाँचीको नवौं जिल्ला अधिवेशन शनिबार (आज) देखि सुरु भएको छ । एमाले अधिबेशन आजदेखी अर्घाखाँचीको सन्धिखर्कको संगम फुडल्याण्डमा भब्य कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
अधिवेशनको नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव तथा लुम्बिनी प्रदेश कमिटीका ईन्चार्ज पद्मा अर्यालले उद्घाटन गर्नुभएको छ ।
अधिवेशनको निम्ति भूगोल तथा विशेष ईलाकाको ६५ शाखा,२१ वटा जनसंगठन र आयोजक कमिटीबाट गरी जम्मा ५ सय ६२ जना प्रतिनिधि चयन भएर अधिबेशनमा सहभागी जनाएका छन् ।
कार्यक्रममा पार्टीका पोलोटब्यूरो सदस्य लिला गिरी, जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य ठाकुर गैरे, प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल, केन्द्रीय सदस्य चेतनारायण आचार्य, केन्द्रीय लेखा आयोग उपाध्यक्ष विष्णु पन्थी, केन्द्रीय सदस्य गिरिधारीलाल न्यौपाने लगायतका नेताहरूको उपस्थिति रहेको नेकपा (एमाले) जिल्ला सचिव तोजबहादुर रायमाझीले बताउनुभयो ।
जिल्ला नेतृत्वको बारेमा पनि बहस सुरु भएको छ । आठौं अधिवेशनबाट चयन भएको कमिटीले पुरा अवधि काम गर्न नपाएको भन्दै पुनः पुरानै नेतृत्वमा केही नयाँ र क्रियाशिल अनुहार थपेर लैजानुपर्ने सुझाव कार्यकर्ताले दिएका छन ।
अहिलेको नेतृत्वले अर्घाखाँची जिल्लामा एमालेले गठबन्धनलाई हराएर पहिलो पार्टीको रुपमा स्थापित गर्न सफल भएको छ । प्रदेश र संघको निर्वाचनमा जिल्लाका सबै उम्मेदवारलाई विजयी गराएर विपक्षीलाई ‘क्लिनस्वीप’ गरी देशभरको उत्कृष्ट पार्टी बनाएको भन्दै भुसाललाई पुन: अध्यक्ष बनाउन एमाले कार्यकर्ताहरुले सुझाव दिएको एक एमाले जिल्ला सदस्यले जानकारी दिनुभयो ।
स्थानीय तहको अधिकाम्स पालिकामा विजय हासिल गरेको एमाले एक्लै जिल्ला समन्वय समितिको समेत नेतृत्व आफ्नो कोल्टामा पार्न सफल भएको छ ।