
काठमाडौं । काठमाडौंमा मध्यराती भूकम्पको धक्का महसुस भएको छ । बिहीबार रातको करिब १ बजेर १९ मिनेटको समयमा भूकम्पको धक्का काठमाडौंको उपत्यका आसपासमा गरिएको हो ।
मकवानपुर जिल्लाको चित्लाङ आसपासको क्षेत्रमा केन्द्रबिन्दु भएर ४.५ म्यागनिच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीले जानकारी दिनुभएको छ । चित्लाङ आसपासको केन्द्रबिन्दू भएर गएको यो भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको बताउनुभयो ।
भुकम्पको धक्काले निद्रामा सुतिरहेका मानिसहरू थाहा पाए लगत्तै घर बाहिरसम्म हल्ला गर्दै निस्केका थिए । भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै भएकाले कडा धक्का महसुस भएको थियो । क्षतिको विवरण आउन बाकी छ ।
यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पबाट निकै ठुलो धनजनको क्षति भएको थियो । अहिले सो भुकम्प प्रभावित क्षेत्रमा राहत, उद्घार, पुनःस्थापन र पुनर्निर्माणको काम भैरहेको छ ।