प्यूठान । जिल्लामा चोरी मुद्दामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न ठाउमा चोरी गर्ने एक जना व्यक्ति कारागार चलान भएका छन ।

 

झिमरुक गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय सन्तोष वि.क. लाई पक्राउ गरी आवश्यक अनुसन्धान पश्‍चात प्रहरीले जिल्ला अदालत प्यूठानमा पेश गरेको थियो । प्रतिवादी सन्तोष वि.क.लाई अदालतले पुर्पक्षको लागि कारागार कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव के.सी.ले जानकारी दिनुभयो ।

 

त्यसैगरी स्वर्गद्वारी मन्दीरको भेटी चोर्ने एक जना व्यक्ति प्रहरीको नियन्त्रणमा रहेको उहाँले जानकारी दिनुभयो । जेठ २७ गते साझ ७ बजे भारतीय २५ वर्षीया आनन्द कुमारले स्वर्गद्वारी मन्दिरको परिसरमा रहेको गुफा (गुप्ती सार) मा दर्शनार्थीले चढाएको दान भेटी चोरी गरेको आरोपमा पक्राउ परेको प्रहरी निरीक्षक के.सी.ले बताउनुभयो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय