प्यूठान । स्वर्गद्धारी नगरपालिका ३ र ४ नम्बवर वडा जोड्ने झोलुंगे पुल निर्माण भएको छ । सातमोडे जारी खोला झोलुंगे पुल निर्माण भएपछि दुई वटा वडाका स्थानीय लाभान्वित भएका छन् ।
५२ लाख ४४ हजार २९० रुपियाँको लागतमा ७८ मिटर लामो झोलुंगे पुल बनेको हो । झोलुंगे पुलको क्षेत्रगत कार्यक्रम अन्र्तगत ४४ लाख ५७ हजार ६४६ रुपियाँ, स्वर्गद्धारी नगरपालिकाको ६ लाख ९१ हजार ७५७ रुपियाँ र उपभोक्ताले एक लाख चार हजार ८८५ रुपियाँ लगानी गरेका छन् ।
२०८० पुस २० गते सम्झौता निर्माणको लागि सम्झौता भएको थियो । यहि असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने मिति भएपनि समय अगावै निर्माण सम्पन्न भएको सामाजिक तथा प्राविधिक सहयोग गरेको मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका सामाजिक परिचालक गिर बहादुर धामीले जानकारी दिनुभयो । पुल निर्माण भएपछि ३०६ घरधुरी लाभान्वित भएको समेत उहाँले जानकारी दिनुभयो ।