
प्यूठान । नेपाल दशनानामी समाज प्यूठानको दोस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । बुधबार बाल बिद्या माध्यमिक बिद्यालय मजुवाको सभाहलमा भएको अधिबेशनको प्रदेश सभा सदस्य निमा गिरीले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको प्रमुख अथिती गिरीले दशनामीहरुले आफ्नो कला, संस्कृती, रितिरिवाज र परम्परालाई आत्मसात गर्दै समयानुकूल अगाडि बढ्नुपर्ने बताउनुभयो । “पछिल्लो समय हामी जुन धर्मसमुदाय सँग बसियो त्यस्तै भयौं,” उहाँले भन्नुभयो, “हाम्रा कतिपय धार्मिक र जातिय मुल्यमान्यता पनि छन् ती मूल्य र मान्यतालाई आत्मसात गर्दै जानुपर्छ ।” दशनामी समाजको आफ्नो इतिहास खोजेर संरक्षणमा जुट्नुपर्ने उहाँको जोड छ ।
उहाँले मान्छेमा ठुलो सानो जात नभएर सबै समान रहेको बताउनुभयो । “संस्कार, संकृति, रितिरिवाज आफ्नो आफ्नो हुनपनि सक्छ,” उहाँले भन्नुभयो, “त्यो सबैले आ-आफ्नो तरिकाले पालना गर्नुपर्छ ।”
नेपाल दशनामी समाज प्यूठानका संस्थापक अध्यक्ष तथा हाल प्रदेश सदस्य ठाकुर गिरीले दशनामी गिरी भनेको त्यागी, मेहनती र बौद्धिक जात भएको बताउनुभयो । दशनामी पबित्र भएकोले परम्परा देखीनै मठ मन्दिरको मठाधिशमा मुल पुजारीमा काम गर्दै आएको उहाँले जानकारी दिनुभयो । त्यसैले आफ्नो जात थरमा गर्व गर्नुपर्ने उहाँको भनाइ रहेको छ । आयातीत संस्कृतिलाई भित्राउने परिपाटीले पुरानो कला संस्कृती मासिदै गएको प्रती चिन्ता व्यक्त गर्नुभयो । आफ्नो परम्परागत असल कार्यको जगेर्ना गर्दै एकताका साथ अगाडि बढ्नुपर्ने गिरीले बताउनुभयो ।
अधिबेशनमा बौद्धिक ब्याक्तित्व भोजु गिरी, कृषी आधुनिकीकरण परियोजना प्यूठानका प्रमुख चुमान गिरी, गौमुखी गाउँपालिका-७, का वडा अध्यक्ष कोमल पुरी, बाल बिद्या माध्यमिक बिद्यालयका प्रधानाध्यापक केसु गिरी, समाजासेवी तारा पुरी, शिक्षक बिजय सागर गिरी, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्यूठानमा २०६२ सालमा स्थापना भएर पहिलो जिल्ला अधिबेशन २०७६ फागुनमा भएको सचिब रमेश गिरीले जानकारी दिनुभयो । संगठन बिस्तार संगै अन्य गतिविधि गर्दै आएको छ। हाल जिल्लामा करिव १ सय ३८ जना आजिवन सदस्य कृयाशिल रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
अधिबेशनको अवसरमा विभिन्न ब्याक्तित्व सम्मानित
अधिबेशनका अवसरमा विभिन्न ब्याक्तित्वहरुलाई सम्मान गरिएको छ । सम्मान हुनेमा लुम्बिनी प्रदेश सभा सदस्य माननीय निमा गिरी, कृषी आधुनिकीकरण परियोजना प्यूठानका प्रमुख चुमानसिंह गिरी, गौमुखी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कोमल पुरी, नौबहिनी गाउँपालिकाको कार्यपालिका सदस्य लाली गिरी, झिमरुक गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य मित्रु गिरी, बाल बिद्या माबी मजुवाका प्रधानाध्यापक केशु गिरी, अमृत जीवन माबी नारिकोटका प्रधानाध्यापक रामचन्द्र गिरी, जनता माबी टिमुरचौरका प्रधानाध्यापक बिजय सागर गिरी, प्रेस चौतारी नेपाल प्यूठानका अध्यक्ष वासुदेव गिरी, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ प्यूठानका अध्यक्ष रमेश गिरी, सामुदायिक रेडियो प्युठानको अध्यक्ष कृष्ण भक्त गिरी, प्रबिधिमैत्री शिक्षक संघका जिल्ला अध्यक्ष धुर्ब गिरी, नेरा आधारभुत विद्यालय जुजुनेटा माण्डबीका प्रधानाध्यापक मिना गिरी लगायतलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ ।
दोस्रो अधिबेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन
नेपाल दशनामी समाज प्यूठानको दोस्रो जिल्ला अधिबेशनबाट केशब गिरीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
त्यस्तै समितिको महिला उपाध्यक्ष रेशमा गिरी र पुरुष उपाध्यक्ष रितु गिरी चयन हुनुभएको छ । सचिब रमेश गिरी, सह-सचिब वासुदेव गिरी र कोषाध्यक्षमा गंगा गिरी निर्विरोध निर्वाचित हुनुभएको नेपाल दशनामी समाज प्युठानले जनाएको छ । आजै निर्वाचित कार्यसमितिका सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक मोहन गिरीले गोपनियताको सपद ग्रहण गराउनुभएको थियो ।
खिमान्द पुरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रगति प्रतिबेदन सचिव रमेश गिरी र आर्थिक प्रगति प्रतिबेदन कोषाध्यक्ष रेशमा गिरीले प्रस्तुत गर्नुभएको कार्यक्रमको संचालन रमेश गिरीले गर्नुभएको थियो । कार्यक्रममा जिल्लाभरबाट अधिबेशनको लागि प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।