प्युठान । प्युठानको ऎतिहासिक महत्त्व रहेको लुङ्गाली रिजाल बन्धुहरुको कुलपुजा गर्ने कुलघरमा गएराती अज्ञात समूहद्वारा तोडफोड भएको छ । बिहान कुलघर नजिकैका स्थानीयले कुलघरको गेट फोडिएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको स्थानीय पत्रकार महेश थापाले जानकारी दिनुभयो ।

खवर पाए लगतै प्रहरी टोलि र जनप्रतिनिधि घटना स्थल तर्फ हिडेको छ । तोडफोडबाट केकती क्षति भएको हो अनुसन्धान पछिमात्र थाहा हुने प्रहरीले जनाएको छ । कुल घर नौबहिनी गाउँपालिका वडा नम्बर ६ लुङको ठूलो गाउँमा रहेको छ । चोरीको शंका गरेका छ्न ।

मुल धामी, पुजारा घटनास्थलमा पुगेपछि मात्रै मुख्य स्थानमा छिर्ने परम्परा रहेकोले घटनाको पुर्ण विवरण आउन केहि समय लाग्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय