प्यूठान । प्यूठान नगरपालिका-२ स्थित जानकी माध्यमिक विद्यालय चितिखोलामा राष्ट्रिय सेवा दल (एन.सी.सी.) तालिम संचालन भएको छ ।
बर्द बहादुर गण खलंगा प्यूठानको आयोजनामा ५० औं एन.सी.सी जुनियर डिभिजन तालिम शुक्रवार देखि सुरु भएको हो । प्रत्येक वर्ष तालिम संचालन गर्दै आएको बर्द बहादुर गण प्यूठानका गणपति प्रमुख सेनानी रमेश थापाले बताउनुभयो ।जिल्लामा २०७१ सालदेखि जुनियर र सिनियर तालिम संचालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
गणपति थापाले विद्यार्थीहरुको नेतृत्व बिकास, लगनशील, ईमानदार ब्यक्तित्व निर्माण गरि राष्ट्रलाई आवस्यक पर्दा कामगर्न सक्ने दक्ष जनशक्ति निर्माण गर्ने उदेश्य सहित तालिम संचालन गरिएको बताउनुभयो ।
यस प्रकारको तालिम नेपाल मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा पनि संचालन हुने गरेको उहाँले उल्लेख गर्नुभयो । १०० दिने तालिम अबधिमा ७९ दिन सम्म जिल्लामा र २१ दिन जिल्ला बाहिर तालिम हुने उहाँले बताउनुभयो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अमर बहादुर बिष्टले स्वागत मन्तब्य राख्दै विद्यालयले तालिमको अवसर पाएकोमा गणलाई धन्यवाद ज्ञापन गर्नुभयो।
तालिममा कक्षा ८, ९ र १० का १८ जना छात्र र १८ जना छात्रा सहभागि रहेको विद्यालयका प्रधानाध्यापक भोजबिक्रम खड्काले बताउनुभयो । उद्घाटन कार्यक्रमको संचालन उप-सेनानी इन्द्र प्रसाद चौधरीले गर्नुभएको थियोे ।




S.K. Creative Media Group