“टोलिले घटना स्थल पुगेर आज नै बेपत्ताको खोजिको काम थाल्ने”
काठमाडौं । चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता दुई बस र बसमा सवार रहेका यात्रुको खोजीका लागि भारतीय टोली परिचालन हुने भएको छ ।
त्रिशूली नदिमा हराइरहेका यात्रुको खोजी गर्न १२ सदस्यीय टोलि भारतबाट गए राति हिंडेको र अहिले सो टोलि रूपन्देही आइपुगेको जनाइएको छ । सम्भवत टोलिले आजबाट नै घटनास्थल पुगेर खोजीको काम थाल्ने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
विभिन्न उपकरणसहित आएको टोलीले नेपाली सुरक्षा संयन्त्रसँग समन्वय गर्दै खोजी कार्य शुरु गर्ने सशस्त्र प्रहरी बलका डिआईजी प्रवक्ता कुमार न्यौपानेले जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुई बस अहिलेसम्म पनि फेला परेका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिन थालेका छन् ।
सिमलतालमा गत असार २८ गते रातिको समयमा बेपत्ता बस र यात्रुको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २५ जना यात्रुको अहिलेसम्म शव भेटिएको छ । हालसम्म ३७ जना ब्यक्तिहरु हराइरहेका छन् । उनिहरुको अवस्था अज्ञात रहेको छ ।
गत शुक्रबार सिमलतालमा वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुवै बसमा गरी ६५ यात्रु थिए । तीन जनाले पौडिएर ज्यान जोगाएका थिए ।



S.K. Creative Media Group