काठमाडौं । पूर्वी नेपालको ताप्लेजुङमा भूकम्प गएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ताप्लेजुङमा गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको जनाएको छ ।
२०६८ असोज १ गते साँझ ६ः२५ बजे पुर्वी नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमामा अवस्थित कञ्चनजङ्घा हिमाल क्षेत्रमा केन्द्रबिन्दु भई ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भुकम्पमा परि नेपाल र भारतका गरी १११ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए ।


S.K. Creative Media Group