पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकी विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका छोरा प्रीन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सोमबार बिहान देवकोटा मेमोरियल ईङलिस बोडिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको थियो । बसमा विद्यार्थीसहित ३० जना सवार रहेको प्रहरीले जनाएको छ । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जानकारी दिनुभयो।
सवार सबैको अवस्था सामान्य छ । बस घुम्तीबाट करिब ६० मिटर तल खसेको हो । प्रहरी र स्थानीयको टोली अहिले घटनास्थलमा छ । उक्त बस मट्टिखानबाट विद्यार्थी लिएर स्कुलतर्फ फर्कंदै थियो ।
फोटो : रिखिराम जिसी पोखरा


S.K. Creative Media Group