गोरखा। गोरखामा पहिरोमा पुरिएका एकै घरका तीनजना सहित चारको शव फेला परेको छ । सोमबार धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा गएको पहिरोले पुरिएको अवस्थामा शव भेला परेको हो ।

अविरल वर्षाले गत आइतबार बिहान करिब ३ बजेतिर गएको पहिरोको कारण पुरिएको अवस्थामा घरदेखि करिब ३० मिटर तल धार्चे गाउँपालिका-५, रेसेगाउँमा जीतबहादुर गुरुङ, ६० वर्षीय बुबा सुलाल कान्छा गुरुङ र जीत बहादुर गुरुङको कृषि फर्ममा काम गर्ने कामदार ३३ वर्षीय रमेश गुरुङको शव फेला परेको प्रहरीले जनाएको छ ।

जीत बहादुर गुरुङकी ३५ वर्षीया श्रीमती कान्छी माया गुरुङको शव गण्डकी गाउँपालिका-८ बर्खेघाटको त्रिशूली नदीमा सोमबार दिउँसो १ः३० बजे फेला पारिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । पहिरोमा परि तीन जनाको शव पुरिएको अवस्थामा फेला परेको थियो भने एक जनाको त्रिशूली नदीको किनारमा फेला पारिएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर मृत्यु हुने ट्याक्टर चालक र अन्य कामदारसहित सबै जना एउटै घरमा बस्दै आएका थिए । पहिरोमा पुरिएका मध्ये चार जनाको शव फेला परेको छ भने ठेगान नखुलेको एक ट्याक्टर चालक ३४ वर्षीय रमेश परियारको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

अहिले उक्त गाउँ नै शोकमा रहेको छ। स्थानीय जीत बहादुर गुरुङको कृषि फार्ममा रहेका बस्तुभाउ बाख्रा, कुखुरा र बङ्गुर साथै एक घर समेत पहिरोले बगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय