काठमाडौँ । सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो।
जसअनुसार सरकारले बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो।
यसैगरी, सरकारले अमेरिका र चीनसहित १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बैठकले एकैपटक १८ देशको राजदूत नियुक्तिका लागि सिफारिश गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिनुभयो।
मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद बैठकले ५ देशको राजदूतलाई फिर्ता बोलाउने र १८ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयोबैठकले २२ जना राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतकाे सरुवा गर्ने निर्णय पनि गरेको छ ।



S.K. Creative Media Group