काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेकोको मूल्य घटाएको छ । निगमले बिहीबार राती १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेकोको मूल्य घटाइएको जानकारी दिएको हो ।
पेट्रोलियम पदार्थको साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ घटाइएको नेपाल आयल निगमले जनाएको छ। त्यस्तै निगमका अनुसार हवाई इन्धन र एल. पि. ग्यासको बिक्रि मूल्य यथावत राखिएको छ ।
निगमका अनुसार यसअघि कायम रहेको पहिलो वर्गको पेट्रोलको मूल्य १ सय ६८ रहेकामा अहिले मूल्य घटेर १ सय ६७ कायम गरिएको जनाएको छ। यसैगरी दोस्रो वर्गको एक सय ७० मूल्य रहेकामा घटेर एक सय ६९ पुगेको छ भने तेस्रो वर्गको पेट्रोलको मूल्य १ सय ७१ रहेकामा मुल्य घटेर १ सय ७० रहेको निगमले जानकारी दिएको छ ।
त्यस्तै डिजेल र मट्टितेलको पनि पहिलो वर्गको १ सय ५७ रहेकामा घटेर १ सय ५५ पुगेको जनाएको छ । यसैगरी दोस्रो वर्गको १ सय ५९ रहेकामा घटेर १ सय ५७ पुगेको छ भने तेस्रो वर्गको १ सय ६० रहेकामा घटेर १ सय ५८ पुगेको निगमले जानकारी दिएको छ ।
पेट्रोल, डिजेल र मट्टीतेको पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेको निमगले जानकारी दिएको छ। त्यस्तै निगमले दिएको जानकारी अनुसार दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल रहेका छन् ।




S.K. Creative Media Group