काठमाडौं । नेकपा एमालेको आज सचिवालय बैठक बस्दै छ । बैठक हनुमानथान स्थित होटेल बसेरामा बस्न लागेको हो । बैठक बिहिवार बिहान ११ बजेबाट बस्ने बताइएको छ ।

आज बिहीबार बस्ने बैठकले वर्तमान राजनीतिक अवस्थाको संक्षिप्त समीक्षाको साथै केन्द्रीय नेताहरूको कार्य विभाजनका सम्बन्धमा निर्णय गर्ने नेकपा एमाले प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

असार २६ गते बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मापदण्ड बनाएर कार्य विभाजन गर्न बैठक बस्न लागेको नेकपा एमालेले जनाएको छ । यस अघि केन्द्रीय नेताहरूको अन्तर जिल्ला कार्यक्षेत्र निर्धारण गरिएको थियो । नेताहरूलाई अब आफ्नै भूगोलमा खटाउने तयारी पार्टीले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय