बाग्लुङ । बाग्लुङमा पहिरोमा पुरिएर आठ जनाको ज्यान गएको छ । बडिगाड गाउँपालिकामा पहिरोमा परी आठ जनाले ज्यान गुमाएका हुन ।
बडिगाड गाउँपालिका वडा नम्बर १० मा मंगलबार बिहान घरगोठ बगाउँदा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२/१३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको हो ।
यसैगरी वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको छ ।



S.K. Creative Media Group