काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको आज (बिहीबार) बसेको सञ्चालक समितिको वैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।
भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजेल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको निगमले जनाएको छ । निगमका अनुसार घटेको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १ सय ६२, डिजेल र मट्टितेल १ सय ५२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १ सय ६४, डिजेल तथा मट्टितेल १ सय ५४ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १ सय ६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १ सय ५५ रुपैयाँ कायम भएको निगमले एक सूचनामार्फत जानकारी दिएको छ ।




S.K. Creative Media Group