प्यूठान । पर्यटकीय स्थल मल्लरानीमा आयोजित तीज गीत प्रतियोगिता तथा दरखाने कार्यक्रममा सहभागीले मौलिक गीत तथा नृत्य प्रस्तुत गरेका छन । शनिबार आयोजित प्रतियोगितामा सहभागीले वर्तमान समाजको अवस्था झल्किने गीत र नृत्य प्रस्तुत गरेका हुन ।
गीत तथा नृत्यमा मौलिक लय, बाजा, भाका, शब्द प्रयोग गरिएको थियो । प्रतियोगितामा वैदेशिक रोजगारीले गाउँ समाजमा युवा बिहिन भएको बिषय समाबेश गरेको प्रथम मल्लरानी बचत तथा ऋण सहकारी प्रथम भएको छ । उसले ८ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
दोस्रो स्थान हासिल गरेको प्यूठान क्याम्पसले तीजको विशेषता समेटेको गीत र नृत्य प्रस्तुत गरेको थियो । उसले ५ हजार रुपियाँ पुरस्कार प्राप्त गरेको छ ।
तेस्रो युवा तथा बाल सन्जाल मल्लरानी-२ भएको छ । उक्त समुहले महिला अधिकार, महिला शसक्तिकरण सम्बन्धि बिषय समेटेर गीत र नृत्य प्रस्तुत गरेको थियो ।
शान्त्वना महिला जागरण बहुउद्देश्यीय सहकारी संस्था र दिदिबहिनी समुह मल्लरानी २ भएका छ्न । दुबै समुहले ३/३ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन ।
कार्यक्रम हाम्रो राम्रो ग्रुपले प्रथ पुरस्कार, अरुण बस्त्रालयले दोस्रो पुरस्कार, संयोग खुद्रा पसलले तेस्रो र खलंगा स्टोरले शान्त्वना पुरस्कार सौजन्य गरेको थियो ।
कार्यक्रममा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, उपाध्यक्ष रमेशकुमार श्रेष्ठले मन्तव्य राख्दै कार्यक्रम सफल बनाउन भूमिका खेल्ने आयोजकलाई धन्यवाद दिनुभएको थियो ।
तुकमान सिंह कार्कीको अध्यक्षता, रामचन्द्र केसीको स्वागत र संचालन पत्रकार बिजय सिंह भारतीले गर्नुभएको थियो ।