तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाको घाँसीकुवामा नजिक यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, भने ३४ जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा धनकुटाको साँघुरी गढी बस्ने वर्ष ४५ को हस्त राई रहेको र एकजनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा घाइतेहरुको दमौलीस्थित रत्न हरी अस्पतालमा २२ जना र दमौली अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये रञ्जित परियारको थप उपचारको लागि पोखरा रिफर गरिसकिएको छ । दुर्घटनामा घाइते हुनेहरुको विवरण सङ्कलन भइरहेको छ ।