सप्तरी । जंगली बँदेल मारेको आरोपमा पूर्वडिआइजी, बहालवाला सइसहित १० जना पक्राउ परेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदह योगीनायाँ कोशी पलार क्षेत्रमा जंगली बँदेल मारेको आरोपमा बुधबार राति २ बजे सुनसरीको इटहरी उपमहानगरपालिका -२ घर भएका नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम शाह ,विराटनगर ३ घर भएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने र हनुमाननगर कंकालिनी नगरपालिका ८ घर भएका पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव रहेको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

इटहरी २ का प्रदीप लिम्बु, राजविराज ७ का रविन दास, तिरहुत-२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी २ का जर्नादन राउतलाई समेत पक्राउ गरिएको छ। यसैगरी हनुमाननगर कंकालनी नगरपालिका-५ का ओमशंकर प्रसैला, वडा नं १ का लक्ष्मण मण्डल, वडा नम्बर ३ का शंकर खिडहरी यादवलाई पनि पक्राउ गरिएको छ।

डिएसपी न्यौपानेका अनुसार प्रहरीले उनीहरुको साथवाट २२ क्यालीबरको राइफल एकवटा, म्यागजिन दुई, १५ राउण्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हथौडा एक, खुर्पा एक पनि बरामद गरेको छ । यस्तै मारिएको बँदेल लोड गरिएको को २ त ६९ नम्बरको ट्रयाक्टर र प्र ३ – ०१- ०२२ च ६८५५ नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको डिएसपी न्यौपाने बताउनुभयो ।

मन्त्रिपरिषद्ले ७ मंसिर ०८० मा हानिकारक वन्यजन्तु भनेर बँदेललाई घोषणा गरेको थियो । जसअनुसार बाली खान आएको वेला खेतबारीमै मार्न सकिने, तर मारेको बँदेल जनप्रतिनिधिको रोहवरमा गाड्न वा मूल्य तोकी मासु बिक्री–वितरण गर्नसमेत सकिने व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय