प्यूठान । मल्लरानी गाउँपालिका ४ नम्बर वडा कार्यालयले महिला हिंसा विरुद्ध तीज गीत प्रतियोगिता संचालन गरेको छ । वडाले
लैङ्गिक हिंसा न्यूनीकरण तथा महिला शसक्तिकरण बिषयमा तीज गीत प्रतियोगिता आयोजना गरेको हो ।
खलंगा बसपार्कमा भएको प्रतियोगितामा प्रथम महेन्द्र माध्यमिक विद्यालय, दित्तिय प्यूठान क्याम्पस र तृतीय राधाकृष्ण समुह भएका छन । बिजेतालाई क्रमशः पन्ध्र हजार, दश हजार र पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा आठ वटा समूहले भाग लिएका थिए ।
वडा अध्यक्ष कुमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का प्रमुख अतिथि र गाउँपालिका उपाध्यक्ष रमेशकुमार श्रेष्ठ बिशेष अतिथि रहनुभएको थियो ।