काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युएई प्रस्थान गर्नुभएको छ।

जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप-२८ मा सहभागी हुन बुधबार राती ९:३० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युनाइटेड अरब इमिरेट्सको राजधानी दुबई प्रस्थान गर्नुभएको हो ।

जलवायु परिवर्तनसम्बन्धी २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्सको दुबई हिजो प्रस्थान गर्नु भएको छ ।

दुबईमा मङ्सिर १४ अर्थात आजदेखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म कोप-२८ हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले डिसेम्बर १ देखि २ तारिखसम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले डिसेम्बर २ तारिखमा सो सत्रमा नेपालको तर्फबाट वक्तव्य राख्नुहुने कार्यक्रम तय भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्रीलाई विदाइका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, मन्त्रीलगायतका सरकारका उच्च अधिकारीको पुग्नु भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल-युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै उच्च-स्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गरिने तालिका रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय