पोखरा । कास्कीको पोखरामा एक पुरूषले खुकुरी प्रहार गरेर श्रीमतिको हत्या गरेका छन् । सामान्य घरायसी विवाद बढ्दै गएपछि पोखरा ८ कुवँरटोलमा जहरसिंह कुवँरले ४० वर्षीया राधिका कुवँरलाई हत्या गरेका हुन ।

घाँटी र पेटमा खुकुरी हानिएको प्रहरीले जनाएको छ । हत्या आरोपमा जहरसिंह पक्राउ परेका छन् । घटनाको थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय