सल्यान । सल्यानमा बलेरो जिप दुर्घटना हुदा पाँच जना घाईते भएका छ्न ।  शारदा नगरपालिका- २ स्थित मैसेपानीमा श्रीनगरबाट खलंगा तर्फ आउदै गरेको सडक पुर्वाधार बिकास कार्यालय सल्यानको क .प्र. ०२००१ झ ००३५ न. को बोलेरो  जिप  दुर्घटना भएको हो ।

 

दुर्घटनामा परि  चालक  दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका-१ का ३० वर्षीय भरत प्रसाद शर्मा, उहाँको श्रीमती  २२ वर्षीया कबिता सिजापती, कास्की पोखरा महानगरपालिका- १७ बस्ने २७ वर्षीय सागर आचार्य, डोटी दिपायल सिलगढी  नगरपालिका- १ बस्ने २२ वर्षीय मनमोहन सिंह खड्का र पर्सा बिरगंज महानगरपालिका- १३ बस्ने २१ वर्षीया पुनम शर्मा घाईते भएको प्रहरिले जनाएको छ ।

जिप श्रीनगर मा साइड हेरी फर्कने क्रममा अनियन्त्रित भइ सडक बाट अन्दाजी ५० मिटर तल  खोल्सामा पुगेको थियोे । घाइतेको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको प्रहरी सहायक  निरीक्षक गोबिन्द डाँगीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय