बागलुङ । बागलुङमा सरकारी नम्बर प्लेटको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मध्यपहाडी लोकमार्ग अन्तरगत गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटना स्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । मृतक मध्य एक जना रुकुमकाे पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेको यादवको भनाइ छ ।
दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन । घाइतेलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ।
दुर्घटना कतिबेला भएको भन्ने समेत खुलेको छैन । आज बिहान दुदीलाभाटीका प्रेम बहादुर कार्कीले घाँस काट्न जाने बेला दुर्घटना ग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।


S.K. Creative Media Group