दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार उन्मुलन गर्न अघि बढाएकाे अभियानलाई जनता माझ पुर्याउन पार्टी पंक्तिलाइ निर्देशन दिनु भएको छ ।
नेकपा एमाले बिजयनगर गाउँपालिका कमिटी कपिलवस्तुकाे दाेस्राे गाउँ कमिटी अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले प्रदेश सरकारले जनतामा बढ्दै गएकाे निराशालाई आशामा बदल्न सुशासन कायम गर्न र भ्रष्टाचार निर्मुल गर्न कठाेर भएर अघि बढेकाे बताउनु भएको हाे ।`एक पटक मुख्यमन्त्री भएपछी आजिवन राज्यबाट सेवासुविधा लिने निर्णयलाई उल्टाएका छाैं´उहाँले भन्नुभयाे,´प्रदेश सरकारले गरेकाे ताकेताबाट एक जनाले गाडी फिर्ता गर्नुभयाे, अर्काे गाडी फिर्ता हुने अवस्थामा छ । उहाँले फिर्ता नगरे प्रहरी लगाएर पनि फिर्ता गराउछाैं ।´
याेजना कार्यान्वयनकाे नाममा हुने आर्थिक अपचलनका बिरुद्ध प्रदेश सरकार निर्मम ढंगले अघि बढेकाे बताउनु भयाे । पाँच लाख भन्दा माथिका याेजनालाइ प्रतिस्पर्धाकाे माध्यमबाट कार्यान्वयन गर्नेगरी सरकार अघि बढेकाे स्पष्ट पार्नु भएको हाे ।`याे बर्ष लगेका फाइल पढ्न बाहेक, बजेट हाल्न सक्दिन । प्रदेश सरकारले असार १ गते बजेट ल्याउछ । यस बर्षकाे बजेट आइसकेकाे छ´उहाँले भन्नुभयाे-´छुटेका याेजनालाई अर्काे बर्ष समेट्छाैं । परेकाे बजेटलाई सहि ढंगले सदुपयोग गरे विकासले फड्काे मार्छ । खेति गर्ने, पशु पाल्ने कामलाई पार्टीका नेताहरुले अंगालेर उदाहरण दिन आह्वान गर्नु भयाे ।
हरेक नागरिक आत्मनिर्भर नहुदा सम्म मुलुक बन्न नसक्ने भन्दै व्यवसायमा जाेडिन आह्वान गर्नु भयाे ।`कृषि गर्ने पेशा कमजाेर हाे भन्ने चिन्तनले अहिले समस्या निम्त्यायाे । छाेरा छाेरीलाइ घाँस काट्ने, मल फाल्ने, गाई, भैंसी पाल्ने कुरा कथा जस्तो लाग्न थाल्याे´उहाँले भन्नुभयाे-`पुर्खाहरुले गरेका कामलाई निरन्तरता दिनेगरी हरेक क्षेत्रलाई प्रविधि संग जाेडेर युवाहरुलाइ लैजान सकिन्छ । यता पनि ध्यान दिनुपर्ने छ ।´
पार्टी अध्यक्ष थर्कबहादुर खन्गाहाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य गिरीधारीला न्याैपानेले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश बनाउने अभियानमा जुट्न पार्टी पंक्तिलाई आह्वान गर्नु भएको छ । अधिवेशन उद्घाटन कार्यक्रमलाई एमाले जिल्ला अध्यक्ष बावुराम खनाल, पूर्व जिल्ला अध्यक्ष झविलाल पाेख्रेल, पूर्व अध्यक्ष डम्बर शर्मा लगायतले सम्बाेधन गर्नु भएको थियाे । अधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न पार्टी परित्यागगरि एमालेमा प्रवेश गरेकाहरुलाइ मुख्यमन्त्री आचार्यले स्वागत समेत गर्नु भएको थियाे ।