फाइल फोटो:

काठमाडौं । मोहम्मद दिवसको अवसरमा सरकारले सोमबार आज मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिएको छ । सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो ।

मुस्लिम आयोगले यसवर्षको मोहम्मद जयन्ती ३१ भदौमा पर्ने जानकारी गराएकाले बिदा दिएको गृह मन्त्रालयले सूचना जारी गरी जानकारी दिएको छ ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय