प्युठान । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यस वर्षको दसैँको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका अनुसार त्यस दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ । समितिका अनुसार असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत छ । असोज २४ गते बिहान ७ः११ बजे फुलपाती भित्र्याउने साइत रहेको छ ।

यस वर्ष महाष्टमी र महानवमी एकै दिन असोज २५ गते परेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी कार्यालयमा झण्डा फेर्न असोज १८ गते ९ः५४ बजेको साइत छ ।

पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले उल्लेख गरेको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिले जनाएको छ ।

यस्ता छन् बडादशैसँग सम्बन्धि साइतहरू

१) वि.सं. २०८१ साल असोज १७ गते विहीबार – नवरात्रारम्भ, घटस्थापना – बिहान ९:१६ बजे ।

२) वि.सं. २०८१ साल असोज १८ गते शुक्रबार – झण्डा फेर्ने -बिहान ९:१४ बजे (पश्चिम मोहडा)

३) वि.सं. २०८१ साल असोज २२ गते मंगलबार – श्री पचलीभैरव यात्रा ।

४) वि.सं. २०८१ साल असोज २४ गते विहीबार – फूलपाती, श्री तुलजाभवानी यात्रा – बिहान ७:११ बजे, स्थिरासन – बिहान ८:४३ बजे

५) वि.सं. २०८१ साल असोज २५ गते शुक्रबार – महाष्टमी, कालरात्रि, महानवमी

६) वि.सं. २०८१ साल असोज २६ गते शनिबार – विजया दशमी, देवी विसर्जन – बिहान ८:३३ बजे, टीका बिहान – ११:३६ बजे (पूर्व मोहडा)

श्री तुलजाभवानी यात्रा – बिहान ११:५७ बजे, स्थिरासन – बिहान १२:३६ बजे, खड्गयात्रा ।

७) वि.सं. २०८१ साल असोज ३० गते बुधबार – अखिलबलिपूर्ति, कोजाग्रतव्रत ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय