सरद बिष्ट
भिंगृ । स्वर्गद्वारी नगरपालिकाका-३, जलुके स्थित लोक चेतना एकेडेमीको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
लोक चेतना एकेडेमी प्रा.लि.का सञ्चालक समिति अध्यक्ष राम प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका ज्येष्ठ सदस्य तथा सेयर सदस्य शुसिला कालाथोकीले पानसमा दियो बालेर र स्वर्गद्वारी नगरपालिकाको संस्थापक नगर प्रमुख नेत्र बहादुर रोका क्षेत्रीले ब्यानर पढेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
स्वर्गद्वारी नगरपालिकाको संस्थापक नगर प्रमुख नेत्र बहादुर रोका क्षेत्रीको स्वागत मन्तबवाट सुभारम्भ भएको उक्त कार्यक्रमा बिभिन्नि अतिथिहरुले विद्यालयको शैक्षिक भौतिक र वर्तमान अवस्थावारे धारणा राख्नु भएको थियो । बिद्यालयका प्रिन्सिपल मधुसुदन अधिकारीले बिद्यालयको बार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पेस गर्नु भएको थियो ।
कार्यक्रममा पूर्व स्रोत ब्यक्ति बल बहादुर रोकायले लोक चेतना एकेडेमीको शैक्षिक गुणस्तरमा राम्रो प्रगति गरेको बताउनुभयो । बिद्यालयलाई अब्बल बनाउ सहयोग गर्ने सबै सेयर सदस्य, शिक्षक र मेहेनेती बिद्यार्थीलाई अध्यक्ष राम प्रसाद श्रेष्ठले धन्यावाद ज्ञापन गर्नु भएको थियो ।
खुल्ला सत्र र बन्द सत्र कार्यक्रमको सहजीकरण सरद बिष्टले गर्नु भएको थियो । लोकचेतना बि.सं. २०६४ सालमा स्थापना भएको हो ।






S.K. Creative Media Group