रोल्पा । रोल्पामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ । सुनिलस्मृति गाँउपालिका-२ खुंग्रीमा लु ४० प २३४६ नम्बरको मोटरसाइकलको ठक्करबाट सुनिलस्मृति गाँउपालिका-२ धारापानीका ८४ वर्षीय रुद्र गिरिको ज्यान गएको हो ।
मोटरसाइकलको ठक्करबाट टाउकोमा गहिरो चोट लागि घाईते भएका गिरिलाई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लगिएको र उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक स्वर्गद्वारी नगरपालिका-३ किमिचौर प्यूठान बस्ने २० वर्षीय बिशाल पुनलाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।