प्यूठान । साहित्यकार राजकुमारी कुँवर (सानु गुल्मेली) को ‘ऐँजेरु’ कथा संग्रह बिमोचन भएको छ । मंगलबार जुम्री स्थित होटल आयुष्मामा एक कार्यक्रम गरि कथा संग्रहको बिमोचन गरिएको हो ।

कथा संग्रहमा ११ वटा कथा समाबेश छन । परिवारको साथ र सहयोगले आफुले कथा संग्रह प्रकाशन गर्न सफल भएको कुँवरले बताउनुभयो । उहाँले आफ्नो कृति अध्ययन गरेर सुझाव दिन समेत सबैलाई आग्रह गर्नुभएको छ ।

गुल्मी पुर्कोटदहमा जन्मिनुभएको कुँवर क्षेत्र बिकास माध्यमिक विद्यालय प्यूठान नगरपालिका-७ पुण्यखोलामा शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । उहाँले स्नातकोत्तरसम्म शिक्षा हासिल गर्नुभएको छ ।

उहाँ लुम्बिनी वाङमय प्रतिष्ठान प्यूठान शाखाको अध्यक्ष, नेपाल बाल साहित्य समाज लुम्बिनी प्रदेशको सचिब, साहित्य परिषद प्यूठानको कोषाध्यक्ष, राप्ती साहित्य परिषद प्यूठान लगायत क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

कार्यक्रममा प्रमुख अतिथि प्यूठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले ऐँजेरु सबैको साझा कथा बन्ने विश्वास व्यक्त गर्नुभयो । धेरै मिहिनेतबाट कृति प्रकाशन गरि समाजलाई सकारात्मक रुपमा अगाडि बढाउन भुमिका खेल्ने उहाँको भनाई छ । नगरपालिकाले साहित्यको क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले नगरपालिका भित्रका साहित्यलाई अघि बढाउन सधै सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

बिमोचन कार्यक्रममा प्यूठान नगरपालिकाका उप-प्रमुख देवेन्द्र वर्माले शुभकामना मन्तव्य दिदै निरन्तरताको लागि आग्रह गर्नुभयो । उहाँले जिल्लामा पाण्डुलिपि तया भएका पुस्तकहरु प्रकाशन गर्न सुझाव दिनुभयो । साहित्यले भाषाको समेत संरक्षण गर्ने भएकाले त्यसतर्फ पनि लाग्न साहित्यकारलाई आग्रह गर्नुभएको छ ।

साहित्य परिषद प्यूठानका निवर्तमान अध्यक्ष गेहराज थापा, रेडक्रस प्यूठानका सभापति गुमानराज पुलामी, नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सन्जय रिजाल, प्यूठान उद्योग वाणिज्य संघका महासचिव सन्देश आचार्य, पतन्जली योग समिति प्यूठानका सिता गौतम, साहित्यकार देवेन्द्र रिजाल, स्वर्गद्वारी क्याम्पसका स्वबियु सभापति टेकराज केसीले शुभकामना दिनुभएको थियो ।

साहित्य परिषद प्यूठानकाका अध्यक्ष बिमला खनालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार माधव पोख्रेलले कथाकारको परिचय सहित कथा संग्रहको विश्लेषण गर्नुभएको थियो । कार्यक्रममा स्वागत साहित्यकार लोकेन्द्र जिसी र संचालन साहित्य परिषद प्यूठानका सचिब धुर्व गिरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय