बुटवल । रुपन्देहीमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा भएको सडक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने, एक जना गम्भीर घाइते भएका छन् । अहिले ठक्कर दिने बसमा आक्रोशित स्थानीयले आगजनी गरेका छन् ।

शनिबार बिहान लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ स्थित महुवारीमा सिद्धार्थ बोर्डिङ स्कूलको लु १ क १७७८ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिएर २ जनाको मृत्यु भएको हो। स्कुल बसले पछाडिबाट लु ३७ प ८४८२ नम्बरको मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकलमा ३ जना सवार रहेको बताइएको छ । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने, अर्का एक २० वर्षीया अप्सरा खातुन गम्भीर घाइतेको भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट मृत्यु भएका आफन्त र स्थानीय आक्रोशित भएपछि स्कुल बसमा आगो आगजनी गरेका छन्। आगलागीबाट बस पूर्ण रुपमा क्षती भएको छ।

घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले जानकारी दिएको छ। अहिले मृतकका आफन्त र स्थानीयले शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन्।

घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीयको प्रदर्सनले उक्त सडकखण्डको आवतजावत ठप्प बनेको छ। प्रहरीले दुर्घटनाको अनुसन्धान थालेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय