काठमाडौं । कीर्तिपुरमा वर्षासँगै आएको बाढीले बगाउँदा एकजनाको ज्यान गएको छ। बिहीवार बिहान कीर्तिपुर नगरपालिका- ४, स्थित मच्छेगाउँको बसपार्क नजिक बस्ने ६२ वर्षीय सहदेव लामाको ज्यान गएको कीर्तिपुर प्रहरीले जनाएको छ। आज बिहान अविरल वर्षासँगै आएको खोलाको पानी घरभित्र पसेपछि ढलको पानी छेक्न जाँदा लामालाई बाढीले बगाएको प्रहरीले जानकारी दिएको छ।

कीर्तिपुरमा खोलाले बगाउँदा अर्का एकजना बेपत्ता

कीर्तिपुरमा खोलाले बगाउँदा अर्का एकजना बेपत्ता भएका छन् । बिहीवार बिहान कीर्तिपुर नगरपालिका -१० स्थित नयाँ बजारमा खोलाले बगाउँदा प्रल्हाद मर्हजन बेपत्ता भएको प्रहरीले जनाएको छ । आफ्नो घर अगाडि घाँस सरसफाइ गर्दैगर्दा ढिस्को सहित खोलामा खसेर खोलाले बगाउँदा बेपत्ता भएको प्रहरीको भनाइ छ। मर्हजनको अहिले प्रहरीले खोजि कार्य जारी राखेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय