काठमाडौँ । हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय पक्राउ परेका छन् । शनिबार बिहान करिब ३ बजे हेटौँडा-१५ रातोमाटे चौकीबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको हो ।
हेटौंडाबाट ८ किलो सुनसहित दुई जना भारतीय नागरिक पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको प्रहरीले जनाएको छ । सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको प्रहरीले जनाएको छ ।
सुनसहित दुई जना भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षिय अभिषेक अजिनाथ कुटी र सोही स्थान बस्ने २७ वर्षिय राहुल भिट्टिहाल बाड पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।


S.K. Creative Media Group