![](https://saharakhabar.com/wp-content/uploads/2023/12/received_894024242440817.jpeg)
प्युठान । प्युठानको माण्डबी गाउँपालिकाको खेलमैदानमा भएको प्रथम अध्यक्ष कप राष्ट्रब्यापी अन्तर स्थानीय तह पुरुष भलिबलको फाइनल खेलमा गौमुखीलाई हराउँदै सुनिलस्मृति गाउँपालिका रोल्पाले उपाधी जितेको छ । शनिबार भएको फाइनल प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि सुनिल स्मृति गाउँपालिका रोल्पाले हात पारेको हो ।
माण्डबी गाउँपालिकाको आयोजनामा भएको पुरुष भलिबल खेलमा द्धितिय स्थान गौमुखी गाउँपालिका र तृतिय स्थान सरुमारानी गाउँपालिका प्यूठानले हासिल गरे ।
पुरुष भलिबल खेलमा विजेता टिमलाई पुरस्कार स्वरुप क्रमश २ लाख, १ लाख २५ हजार र ७५ हजार ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको माण्डबी गाउँपालिकाले जनाएको छ ।
खेल यहि मंसिर १४ गते विहिबारदेखि उद्घाटन भएर सुरु गरिएको थियो । आयोजकले प्रतियोगिता २ दिनको लागि शुक्रबार सम्म भनिए पनि खेल १ दिन लम्बिएपछी आज शनिबार सम्म संचालन गरिएको थियो ।
पुरुष भलिबल “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित राष्ट्रव्यापी अन्तर स्थानीय तह भलिबल प्रतियोगिता–२०८० माण्डवी गाउँपालिका–३ मार्सिवाङ खेलकुद मैदानमा सम्पन्न खेल्को आज एक कार्यक्रमको आयोजना गरि बिजेता खेलाडी टिमलाई गाउँपालिका अध्यक्ष नवराज अधिकारी र उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकि लगाएतले पुरस्कार वितरण गर्नुभएको थियो ।
पुरुष भलिबल खेलमा छिमेकी जिल्ला सहित कुल १३ समुहले भाग लिएका थिए । अत्यन्तै रोचक प्रतिष्पर्धाका साथ चलेको थियो।
माण्डवी गाँउपालिका वडा नं ३ मार्सिवाङमा सम्पन्न भएको खेलमा समापन गर्दै माण्डबी गाउँपालिका अध्यक्ष नवराज अधिकारीले खेलकुद क्षेत्रमा युवाहरु लाई संगै जोडेर लैजान सकेमात्र खेलाडीको उत्पादन हुने बताउनुभयो ।
खेलमा युवाहरूलाई जोडन सकेमात्र बिकृति र बिसंगतिको शिकारबाट बचाउन मद्धत पुग्ने छ ।” उहाँले भन्नुभयो, “खेलमार्फत राष्ट्रको अन्र्तराष्टिय पहिचानमा समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।” राष्टिय पुजी निर्माणमा खेलकुद क्षेत्रले योगदान पुर्याउने भएकाले स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथमिकता दिनुपर्ने अध्यक्ष अधिकारीको भनाइ थियो । खेललाइ आगामी बर्षमा पनि प्राथमिकताका साथ निरन्तरता दिएर लैजाने अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाउनुभयो । खेल हेर्न स्थानीयको भिड लागेको थियो ।