रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । जिप दुर्घटनामा परि माडी गाउँपालिका–४ खस्रडाँडाका २५ वर्षीय अर्जुन डाँगीको मृत्यु भएको हो ।

रिजावाट घर्तीगाउँतर्फ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जीप राजीवाङ-घर्तीगाउँ भित्री सडक खण्डअन्तर्गत माडी गाउँपालिका वडा नम्बर ४ आरुवा भन्ने स्थानमा बिहीबार राति करिब दस बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबरपछि प्रहरी राति १२ बजेतिर मात्रै घटनास्थल पुगेको थियो । सडकबाट ६५ मिटर तल खसेको जीपबाट प्रहरीले स्थानीयको सहयोगमा अचेत अवस्थाका अर्जुनलाई उद्धार गरी स्थानीय मेडिकलमा पुर्‍याएका थिए । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल रेउघा पठाएकोमा चिकित्सकले बिहान सवा २ बजेतिर मृत घोषणा गरेका थिए । थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ भने दुर्घटना बारे अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय