सिन्धुली । अविरल वर्षाको कारण आएको बाढी पहिरोले क्षति पुर्यायाएको बिपी राजमार्गमा डाइभर्सन निर्माण गरि सञ्चालनमा ल्याएको छ । गत असोज १० गतेदेखि परेको वर्षाको कारण आएको बाढी र पहिरोले राजमार्गका विभिन्न खण्डमा पहिरोले बगाएपछि असोज ११ गतेदेखि अवरुद्ध भएको राजमार्ग आजदेखि सञ्चालनमा आएको हो ।
पुल बगाएको स्थानमा खोलो तर्काएर र सडक पहिरो र नदिले कटान गरेको स्थानमा अस्थायी संरचना निर्माण गरि एकतर्फी रुपमा सवारी सञ्चालनमा ल्याइएको भौतिक तथा पूर्वाधार मन्त्रालयले जनाएको छ । नेपाली सेना सहितका सुरक्षाकर्मी, सडक विभाग र स्थानीय सरकारको पहलमा यो राजमार्ग खुलाइएको हो ।
बीपि राजमार्गको काभ्रे भन्ज्याङ–नेपालथोक खण्डको १२ किलोमिटर सडक रोशी खोलाले बगाउँदा यातायात ठप्प बनेको थियो। रोशी मंगलटारको बोक्सी कुनामा डाइभर्सन बनाएसँगै बीपी राजमार्ग एकतर्फी सवारी आवागमन हुने गरी सञ्चालनमा आएको जनाइएको छ ।
राजमार्गको सडक पुल र कल्भर्टहरू बगेको स्थानमा अस्थायी संरचना निर्माण गरिएको छ । यो सडक भएर चाडबाडमा दैनिक १० हजार सवारी आउजाउ गर्ने गर्छन् । संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्ग अवरुद्ध हुँदा पुर्वी नेपाल र संघीय राजधानी काठमाडौंको दुई हप्तादेखी सम्पर्क बिच्छेद भएको थियो ।
अहिले राजमार्ग खुलेको भए पनि विभिन्न स्थानमा खोलाबाट डाइभर्सन निर्माण गरेको छ । तत्काल बनाइएको अस्थायी संरचना रोशी खोलो बढ्ने बित्तिकै बगाउने अवस्था छ । कच्ची र साँघुरो बाटो भएकोले यात्रा त्यति सहज छैन । त्यसैले यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।



S.K. Creative Media Group