काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुवाको हातबाट दशैंको टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले आज बिहान ११ बजेर ३६ मिनेटमा बुवा मोहनप्रसाद ओलीको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले परिवारका सदस्यबाहेक अन्य सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नरहेको जनाएको छ । प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दशैँ टीका उल्लासपूर्ण हुन नसकेले सर्वसाधारणको लागि टीका लगाउने कार्यक्रम नरहेको उल्लेख गर्नुभएको छ ।

आज शुभकामना भडियो सन्देशमार्फत प्रधानमन्त्री ओलीले अहिले सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह गर्नुभयो । उहाँले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रहसमेत गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय